नियम १०
जोखिम व्यहोर्ने कोष खडा गर्नु पर्ने
(१) संस्थाले लघु कर्जा प्रवाह गर्दा हुने संभावित हानी नोक्सानी व्यहोर्ने प्रयोजनको लागि जोखिम व्यहोर्न कोष खडा गर्न प्रत्येक आर्थिक वर्षको अन्तिम दिनसम्म लगानीमा रहिरहेको वांकी कुल कर्जालाई भाखा ननाघेको र भाखा नाघेको अवधिको आधारमा चार प्रकारले वर्गिकरण गरी भाखा नाघेको कर्जाको लागि जोखिम व्यहोर्ने कोष खडा गर्नु पर्नेछ ।
(२) उप नियम (१) बमोजिम वर्गीकरण गर्दा भाखा ननाघेकोलाई असुल कर्जा ६ महिनासम्म भाखा नाघेकोलाई कमसल कर्जा ६ महिनाभन्दा बढी १ वर्षसम्म भाखा नाघेकोलाई शंकास्पद कर्जा र १ वर्षभन्दा बढी भाखा नाघेकोलाई खराव कर्जाको रुपमा वर्गीकरण गर्नु पर्नेछ ।
(३) संस्थाले कितावन्दीमा असुल उपर हुनेगरी प्रवाह गरेको कर्जालाई प्रत्येक किस्ताको भाखा ननाघेको र भाखा नाघेको अवधिको आधारमा उपनियम (२) बमोजिम वर्गीकरण गर्नु पर्नेछ ।
तर किस्तावन्दीमा असुल हुने गरी कुनै क्रणीलाई प्रवाह गरेको कर्जाको कुनै एउटा किस्ताको १ वर्षभन्दा बढी भाखा नाघेमा सो क्रणीको नाउंमा रहेको सम्पूर्ण कर्जालाई खराव कर्जाको रुपमा वर्गीकरण गर्नु पर्नेछ ।
(४) असल कर्जाको लागि जोखिम व्यहोर्ने कोष व्यवस्था गर्नु पर्नेछैन । कमसल कर्जाको दश प्रतिशत, संकास्पद कर्जाको पचास प्रतिशत र खराव कर्जाको शत प्रतिशतका दरले जोखिम व्यहोर्ने कोष व्यवस्था गर्नु पर्नेछ ।